radio icon

Live Radio

गुठी विधेयकविरुद्ध माइतीघरमा बिशाल खबरदारी सभा

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६


काठमाडौं – गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ । राष्ट्रियसभामा प्रस्तुत विधेयकको चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले हिजो फिर्ता लिएको घोषणा गर्नुभएको थियो ।

सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उहाँको भनाइ थियो । तर, गुठीविधयेकको विपक्षमा रहेकाहरुले सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि आन्दोलन रोकेका छैनन् । गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण भएकाले यो खारेज हुनुपर्ने उनीहरुको माग छ । यही माग राखेर राजधानीको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ ।

खबरदारीसभा अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले उपत्यकामा ¥याली निकालेका छन् । त्रिपुरेश्वर, थापाथली लगायतका क्षेत्रबाट ¥याली निकालिएको हो । ¥याली माइतीघर मण्डलामा आयोजित खबरदारी सभामा मिसिएको छ ।

केहीबेरमा हुने सम्बोधनमा विभिन्न व्यक्तिहरुले सम्बोधन गर्ने बताइएको छ । गुठी विधेयक विरुद्धको प्रदर्शनपछि अहिले थापाथली, त्रिपुरेश्वर, माइतीघर मण्डलालगायतका स्थानको सवारी आवागमन प्रभावित बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार