radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

स्थानीय तहको विज्ञापन सम्बन्धी विवादसम्बन्धी सबै निवेदनको आज एकै साथ सुनुवाई हुने

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६


काठमाडौं – सर्वोच्च अदालतमा दायर भएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापन सम्बन्धी विवादसम्बन्धी सबै निवेदनको आज एकै साथ सुनुवाई हुँदैछ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले हिजो लोकसेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चारवटै निवेदनलाई सँगै राखेर हेर्न आदेश जारी गरेको हो ।

सोही अनुसार ती सबै निवेदनको सुनुवाई आजका लागि तय भएको हो । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो ।

जुन विज्ञापन समावेशी सिद्धान्तविपरित भएको रिट निवेदनमा उल्लेख थियो । आयोगले भने फारम भर्नका लागि १० दिन समय थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार