radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

पर्वतको वर्राचौरमा मदिरा बेच्न र फोहोर फाल्न कडाई

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६


साजन परियार, पर्वत । पर्वतको बिहादी गाउँपालिका– २ वर्राचौरमा मदिरा सेवन र विक्री वितरणमा कडाई भएको छ ।

वडा कार्यालयले मदिरा सेवन र कारोवारमा कडाई गरेको हो ।  मदिराका कारण समाजमा विभिन्न विकृति र घरझगडा बढ्दै गएपछि वडा कार्यालयले मदिरा बेचबिखनका लागि निश्चित समय तोकेको छ । भने नियम नमान्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ ।

वडाले दिने लाईसेन्स लिएर मात्रै साँझ ५ बजेदेखि ९ बजेसम्म मदिरा बेच्न पाईने भएको छ ।  वडा कार्यालयले किराना पसलमा मदिरा विक्री गर्न नपाईने नियम बनाएको छ । विद्यालयको ५ सय मिटर वरिपरि मदिरा बेच्न र सेवन गर्न रोक लगाईएको छ ।

नियम पालना नगर्नेलाई कारवाही गर्ने नियम पनि लागु भएको छ । नियम नमान्नेलाई पहिलो पटक १ सय, दोस्रो पटक ३ सय र तेस्रोपटक ५ सय जरिवाना लगाईने भएको छ ।

वालमैत्री र पूर्ण सरसफाईयुक्त नमूना गाउँ घोषणा भएको वडालाई मदिराले चुनौती दिएको भन्दै नियम लागु गरिएको वडाध्यक्ष ओम प्रसाद कुँवरले बताउनुभयो ।

यस्तै, सार्वजनिक ठाउँमा फोहोर फाल्नेहरुलाई पहिलोपटक ५ सय दोस्रोपटक एक हजार, तेस्रोपटक फालेको पाइएमा एक हजार ५ सय जरिवाना तिराईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार