radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

बझाङ जीप दुर्घटनामा मृत्यु भएका दश जनाको सामूहिक अन्त्येष्टी

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार ४, २०७६


बझाङ जीप दुर्घटनामा परि मृत्यु भएका १० जनाको आज सामुहिक अन्त्येष्टी गरिएको छ।

दुर्घटनामा परेका जीप मालिक र मृतक परिवारहरुको क्षतिपूर्तिका लागि सहमति भएपछि जिल्ला अस्पतालबाट आफन्तहरुले शव बुझेर परम्परा अनुसार दाहसंस्कार गरेका हुन्।

जिल्ला अस्पताल सिमखेतबाट मृतक दश जनाको शवयात्रामा सदरमुकामवासी, मृतकका आफन्त र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यो घटनाले जिल्ला नै शोकाकुल भएपछि मष्टा गाउँपालिकाले अनज औपचारिक रुपमा गाउँपालिका भित्र सार्वजनिक विदा दिएको छ ।
मृतक परिवारको क्षतिपूर्तिका लागि जीप साहुले मृतक परिवारलाई तीन–तीन लाखका दरले दिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार