radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

विहानै जनकपुरमा ९ वटा ग्यास सिलिण्डर विस्फोट, ३ वटा होटल जलेर नष्ट

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


आज विहानै जनकपुर स्थित एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट भएको छ । विस्फोट हुदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएका छन् ।

आज विहान लगभग ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको हो ।

होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाई छ । ग्याँस सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो । आगलगीबाट लाखौंको क्षति भएको छ ।

होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो । घटनास्थलमा प्रहरीहरुको टोली पुगेको छ भने घटना अनुसन्धान गरेर यकिन क्षतिको विवरण र घटना बारे थप पुष्टि गर्ने धनुषा प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार