radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छादारद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छादारले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शिर्षकको खर्च कटौती प्रस्ताव राख्दै गच्छादारले संविधान विपरीत विधेयक ल्याएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको हो ।

उहाँले विधेयक ल्याएर चौतर्फी दबाब आएपछि फिर्ता लिनु बहादुरी नभएको जिकिर गर्नुभयो । यस्तै उहाँले प्रधानमन्त्री कार्यालयको एक सय रुपैयाँ बजेट कटौती गरियोस् भन्ने प्रस्ताव पेश समेत गर्नुभयो ।

यस्तै गुठी विधेयक फिर्ता भएपछि प्रमुख प्रतिपक्षी दलका सांसदले स्वागत गरे पनि सत्ता पक्षकै सांसदले असन्तुष्टि जनाएका छन् ।
विधेयकको विरोधमा काठमाडौँ उपत्यकाका नेवार समुदाय सडकमा उत्रेपछि सरकारले अस्ती मंगलबार राष्ट्रियसभामा विचाराधीन रहेको विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

कांग्रेसले समेत धर्म संस्कृतिमाथि हस्तक्षेप गर्न विधेयक ल्याइएको दाबी गदै फिर्ता लिन माग गरेको अवस्थामा सरकारको निर्णयप्रति सत्तारुट नेकपाकी सांसद गंगा चौधरीले आपत्ति जनाउनुभयो । आज प्रतिनिधिसभाको विशेष समयमा चौधरीले गुठी विधेयेक फिर्ताले किसानको भावनामा ठेस लागेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद भरतकुमार शाह र सञ्जय गौतमले राष्ट्रियसभामा दर्ता भएको विधेयक त्यहीँबाट फिर्ता लिन माग गर्नुभयो ।
यस्तै राजपा नेता राजकिशोर यादवले संसदको गरिमा घटेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार