radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

गोकर्णमा बस दुर्घटना, सहचालकको मृत्यु, २० जना घाइते

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


काठमाडौंको गोकर्णमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

बा १ ख ८७४४ नम्बरको बस गाेकर्णकाे इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

बस पल्टेर किच्दा त्यही बसका सहचालक काठमाण्डौ सुन्दरीजलका सागर कुँवरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

दुर्घटनामा अन्य २० जना यात्रु घाइते भएको र उनीहरुको नेपाल मेडिकल कलेज जाेरपाटीमा उपचार भइरहेको दुर्घटनास्थलमा रहेका प्रहरी जवान दिपेन्द्रसिंह ठकुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार