radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीसँग छलफल भैरहेको नेकपाका अध्यक्ष प्रचण्डको भनाई

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


काठमाडौं । पछिल्लो समय केहि बिद्येयकलाई लिएर बर्तमान सरकार र मन्त्रीहरुको आलोचना भैरहेको बेला सत्तापक्षबाटै मन्त्रीपरिषद् हेरफेरको चर्चा सुरु भएको छ ।  बिद्येयकका बिषयलाई लिएर सरोकारवाला पक्ष लगाएत सत्तारुढदलकै नेताहरुले मन्त्रीहरुको राजिनामा माग गरिरहेको बेला बर्तमान मन्त्रीपरिषद् हेरफेरको बिषयले चर्चा पाएको हो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने बताउनु भएको छ । प्रेस संगठन नेपाल कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको जानकारी दिनु भएको हो । मन्त्रिपरिषद् पुनस्गठनको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको भन्दै पार्टीको एक अध्यक्षको हैसियतले यस विषयमा हामी दुईबीच छलफल भइरहेको बताउनु भयो ।

पार्टी एकता अन्तिम टुंगोमा नपुगेको अवस्थामा सरकारको काम कारवाहीलाई लिएर अध्यक्ष प्रचण्डसँगै केहि नेताहरु असन्तुष्ट छन् । नेकपा नेतृत्वमा सरकारका कतिपयमन्त्रीहरु प्रभावकारी काम नभएको भन्दै आलोचनाका सिकार बनिरहेका छन् । नेताहरुले काम नगर्नेमन्त्रीहरुलाई पदबाट हटाउनु पर्ने माग प्रधानमन्त्री समक्ष आएपनि यस बिषयमा प्रधानमन्त्रीले ठोस कदम चाल्नु भएको छैन् ।
सत्तापक्षकै नेताहरु पनि मन्त्रीमण्डल हेरफेर गरिनुपर्ने कुरामा सकरात्मक छन् ।

नेता सुवासचन्द्र नेम्वाङ पनि मन्त्रीमण्डल हेरफेर गर्नेकुरा स्वाभाविक भएकाले प्रधानमन्त्रीले आफ्नो चाहाना अनुसार गर्न सक्ने बताउनुहुन्छ । गठनदेखि नै विवाद र विभाजनमा रहेको सरकार झन पछि झन विवादित बन्दै गएको छ । सत्तारुढ दलबीच नै सरकारको कामलाई लिएर विभाजन सतहमै देखिँदै आएको छ ।

मन्त्रीहरुका पछिल्ला गतिविधी र केहि अभिव्यक्तिले प्रधानमन्त्रीको कार्य क्षमता र छविलार्ई नै अफ्ठारो परिरहेको अवस्था छ । राजनैतिक बिश्लेशकहरु पनि जनता माझ अलोकप्रिय मन्त्रीहरुलाई हटाएर प्रधानमन्त्रीले आफ्नो छवि जोगाउन पर्नेमा जोड दिएका छन् ।

राजनैतिक बिश्लेशक डा.पुरञ्जन आचार्य प्रधानमन्त्री शक्तिशाली हुने भएकाले पनि काम नगर्ने मन्त्रीहरुलाई फायर गरेर नयाँ ढंग र नया बाटोबाट अघि बढ्नुपर्ने बताउनुहुन्छ ।

मन्त्री हेरफेर गर्ने कुरा प्रधानमन्त्रीकै अधिकार क्षेत्र भित्रको कुरा पनि हो । मन्त्रीहरुको काम र क्रियाकलाप पक्कै पनि प्रधानमनत्रीले मुल्याङन गर्नु भएको छ नै । अहिले विनियोजन विधेयकमाथि संसदमा छलफल चलिरहेको छ ।

मन्त्रीहरुले जवाफ दिनेक्रम जारी छ । लगत्तै अहिलेको अवस्थामा सरकारलाई नयाँ ढंगबाट लैजान र कार्य मुल्याङकनको आधारमा मन्त्रीपरिषद् हेरफेर गरिनु प्रधानमन्त्रीका लागी उत्तम बिकल्प हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार