radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

नेकपामा मन्त्रीपरिषद् हेरफेर बारे बहस सुरु, प्रचण्ड भन्छन्, “प्रधानमन्त्रीसँग छलफल भैरहेको छ”

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार ५, २०७६


दिनेश न्यौपाने, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र मन्त्रीपरिषद् फेर्ने बारे बहष सुरु भएको छ ।

पछिल्लो समय सरकारले प्रस्ताव गरेको केहि बिद्येयकहरुको चर्को आलोचना भएपछि सत्तापक्षबाटै मन्त्रीहरुको राजिनामाको मागसंगै मन्त्रीपरिषद् फेर्ने बारे पनि बहष सुरु भएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मन्त्रीमण्डल हेरफेर बारे पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल भैरहेको बताउनु भएको हो ।

प्रेस संगठन नेपाल कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको जानकारी दिनु भएको हो ।

सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट दुई अध्यक्षबीच छलफल भएको चर्चा गर्दै प्रचण्डले आफु काठमाडौँ फर्केपछि अरु यावत विषय टुङ्ग्याउने ढंगले कुरा हुने बताउनु भयो ।

कार्य मुल्याङ्कनका आधारमा यसअघि पनि पटक पटक मन्त्रीपरिषद् हेरफेरको चर्चा चलेपनि यस बिषयमा खासै छलफल भने भएको थिएन । प्रचण्डले केहि समय पहिलानै मन्त्रीमण्डलमा हेरफेर गर्न प्रधानमन्त्रीलाई दवाव दिदै आएका थिए । तर सरकार गठन भएको डेढ बर्ष समय बितेपनि काम नगर्नेमन्त्रीहरु हटाइएका भने भएको छैन् ।

सरकारका कतिपय मन्त्रीहरुका क्रियाकलापलाई लिएर जनता भने निरास छन् । काम प्रभावकारी नभएको भन्दै केही मन्त्रीहरु आलोचनाका शिकार बनिरहेका छन् । भने अभिव्यक्तिकै कारण संसदिय मामिला तथा कानुनमन्त्री शेर बहादुर तामाङले राजिनामा दिएका थिए ।

त्यस्तै सांस्कृतिक, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको ताप्लेजुङमा भएको जहाज दुर्घटनामा मृत्यु भएपछि यो मन्त्रालय पनि खाली छ ।

नेकपाका नेताहरु मन्त्रीमण्डल हेरफेर गरिनुपर्नेमा जोड दिइरहेका छन् । तर प्रधानमन्त्रीले ठोस कदम चाल्नु भएको छैन ।नेकपाका नेता सुवासचन्द्र नेम्वाङ पनि मन्त्रीमण्डल हेरफेर गर्नेकुरा स्वाभाविक भएको बताउनुहुन्छ । तर अहिले मन्त्रीमण्डल हेरफेर हुने कुरा आफुलाई थाहा नभएको बताउदै आवश्यक्ताका आधारमा प्रधानमन्त्रीले मन्त्रीहरुको हेरफेर गर्न सक्ने उहा बताउनुहुन्छ ।

गठनदेखि नै विवाद र विभाजनमा रहेको बर्तमान सरकार झन, झन विवादित बन्दै गएको छ । सत्तारुढ दलबीच नै सरकारको कामलाई लिएर विभाजन सतहमै देखिँदै आएको छ ।

मन्त्रीहरुका पछिल्ला गतिविधी र केहि अभिव्यक्तिले प्रधानमन्त्रीको कार्य क्षमता र छविलार्ई नै अफ्ठारो परिरहेको अवस्था छ । मन्त्रीहरुले एकलौटी काम गर्ने ढंग शैलीले गर्दा प्रधानमन्त्रीको छवी माथी प्रश्न खडा भैरहेको छ । भने सरकार आलोचित बन्दै गैरहेको छ ।

राजनैतिक बिश्लेशकहरुले पनि काम नगर्ने र जनता माझ अलोकप्रिय मन्त्रीहरुलाई हटाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो छवि जोगाउन पर्नेमा जोड दिइरहेका छन् । राजनैतिक बिश्लेशक डा.पुरञ्जन आचार्य प्रधानमन्त्री शक्तिशाली हुने भएकाले पनि काम नगर्ने मन्त्रीहरुलाई फायर गरेर नयाँ ढंग र बाटोबाट अघि बढ्नुपर्ने सुझाव दिनुहुन्छ ।

मन्त्रीमण्डल हेरफेर गर्ने कुरा प्रधानमन्त्रीको अधिकार क्षेत्रको कुरा हो । यस बिषयमा पार्टी भित्रै छलफल भैनसकेको प्रवक्ता नारायाणकाजी श्रेष्ठ बताउनुहुन्छ । मन्त्रीहरुको कामको पक्कै प्रधानमन्त्रीले मुल्याङन गर्नु भएको छ होला नै ।

संसदमा विनियोजन विधेयकमाथि छलफल चलिरहेकाले मन्त्रीहरुले जवाफ दिनुपर्ने हुदा अहिलेनै मन्त्रीमण्डलको हेरफेर हुन सक्ने अवस्था त न होला । तर संसदमा छलफल सकिए लगत्तै सरकार प्रतिको जनविश्वास कायम राख्न र सरकार नयाँ ढंगबाट अगाडी जान मन्त्रीपरिषद् हेरफेर आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार