radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

गुठी प्रथालाई सामन्ती नभनेको मन्त्री गोकुल बास्कोटाको जिकिर, सरकारद्वारा विधेयक खारेज नगर्ने संकेत

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०७६


काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले गुठी प्रथालाई आफूले सामन्ती नभनेको जिकिर गर्नुभएको छ ।  आज प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले नबोलेको कुरामा तिललाई पहाड बनाउने काम भएको जिकिर गर्नुभयो ।

सामन्ती भन्यो भनेर आरोप लगाउन पाइने तर त्यो पुष्टि गर्न गाह्रो हुने उहाँले बताउनुभयो । पानी धमिल्याएर माछा मार्ने काम नगर्नु चेतावनी दिँदै उहाँले पुष्टि भएमा बसह गर्ने तयार रहेको बताउनुभयो । ‘नबोलेको कुरा तिललाई पहाड बनाउने ?’ मन्त्री बास्कोटाले संसदमा प्रश्न गर्नुभयो ।

गत जेठ ३० गते मन्त्री बास्कोटाले सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुठी वियेधकको विरोधमा चर्केको आन्दोलनका बारेमा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै सामन्तवादको अन्त्य गर्ने कि नगर्ने भनेर उल्टै प्रश्न गर्नुभएको थियो ।

मन्त्री बास्कोटाले यस्तो अभिव्यक्ति दिएपछि गुठीयारहरुले आन्दोलन चर्काएका थिए । उनीहरुले दुई दिन अघि काठमाडौँमा विशाल खबरदारी प्रदर्शन गर्दै आफूहरुको धर्म संस्कृतिलाई सामन्तवाद भन्ने मन्त्री बास्कोटाको राजीनामा समेत माग गरेका थिए ।  यता सरकारले विवादस्पद गुठी विधेयकलाई रद्द गर्ने कुनै संकेत दिएको छैन ।

प्रस्तावित गुठी विधेयकविरुद्ध राजधानीमा सरोकारवालाहरुको निरन्तर विरोध प्रर्दशन हुन थालेपछि गत मंगलबार राष्ट्रियसभामा विचाराधीन विधेयक फिर्ताको घोषणा गरेता पनि आन्दोलनकारीहरुद्धारा गठित संघर्ष समितिले मागे अनुसार त्यसलाई रद्द गर्ने कुनै संकेत सरकारले दिएको छैन, बरु त्यसलाई अर्को रुपमा ल्याउने संकेत गरेको छ ।

आज प्रतिनिधिसभामा बोल्दै गुठी विधेयकको केन्द्रमा रहेकी भूमिसुधार गरिबी निवारणमन्त्री पद्मा अर्यालले धर्म संस्कृति र परम्परालाई जोगाउँदै सरकार अघि बढ्ने बताउनुभयो ।

मन्त्री अर्यालको उक्त अभिव्यक्ति र आन्दोलनकारीहरुको विधेयकलाई रद्द गर्नु पर्ने मागबारे सरकारको मौनतालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार