radio icon

Live Radio

नेकपाको सचिवालय बैठक आज, ओली र प्रचण्डले अप्नाए चतुर्याई

  • radionrn
  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६


पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आजदेखि सुरु हुँदैछ ।
बैठकमा सबैभन्दा पहिले पार्टीको राजनीतिक प्रतिवेदन पेस भई पारित गर्ने एजेन्डा राखिएको सचिवालय स्रोतले बताएको छ ।

दुई अध्यक्ष केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पहिले कार्यदिशामा देखिएको अन्योल चिरेर मूल राजनीतिक दस्तावेज प्रकाशन गर्ने सहमति भएको बताईएको छ ।

सांगठनिक र कार्यविभाजनले पार्टीमा धेरै विवाद ल्याउने भएकाले त्यो विवाद सृजना हुनु भन्दा पहिलो राजनीतिक विषयमा छलफल गर्ने चतुर्याई नेताहरुले गरेको एक नेताले बताएका छन् ।

राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेपछि मात्रै पार्टीको सांगठनिक एकता र कार्यविभाजनको एजेन्डा प्रस्तुत हुने दुई अध्यक्षले निर्णय गरेका छन् ।

यसका लागि हिजो दुई घन्टासम्म दुई अध्यक्षका बीचमा छलफल भई आजको बैठकको एजेन्डा तय भएको हो । पार्टीको सिद्धान्त बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई संयोजन गरेर जनताको जनवाद बनाउने भन्ने कुरामै एकीकृत पार्टीका नेताहरूको मत बाझिएपछि पहिले राजनीतिक दस्तावेज सार्वजनिक गर्नु पर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो ।

प्रतिवेदन सार्वजनिक गरेपछि कार्य्विभाजनको मापदण्डमा नेताहरूबीच देखिएको मतभेदलाई सम्बोधन गर्ने सहमति पनि उनीहरूबीच भएको बालुवाटार स्रोतले बताएको छ।

केन्द्रीय तथा जिल्ला तहका नेताहरुको कार्य्विभाजनमा दोहोरो जिम्मेवारी दिने या नदिने भन्नेमा अध्यक्ष ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीच मतभेद छ ।

मापदण्डका विषयमा भने अध्यक्ष प्रचण्डले नेताहरूको सक्रियता र कामका आधारमा जिम्मेवारी दिँदा कतिपयलाई दोहोरो जिम्मेवारी भए पनि फरक नपर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार