radio icon

Live Radio

राप्रपा अध्यक्ष थापाको प्रस्तावले पार्टीमा तरंग

  • radionrn
  • प्रकाशित मिति : शनिबार, असार ७, २०७६


राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) केन्द्रीय समितिको विस्तारित वैठक आजदेखि काठमाडौमा बस्ने भएको छ ।
आज र भोली चल्ने कमल थापा नेतृत्वको पार्टीको बैठकले पार्टीद्धारा संचालित राष्ट्रिय स्वाभिमान यात्रा तथा वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

बैठकमा सरकारलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्र र पहिलो चरणको वार्ताका विषयमा समेत छलफल हुने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा र भावी कार्यदिशा विषयमा राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र लिङ्देनबाट संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन, महामन्त्री भाष्कर भद्राबाट सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलबाट आर्थिक प्रतिवेदन पेश हुनेछ राप्रपाले जनाएको छ ।

विस्तारित बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्य समितिका अध्यक्षहरु, केन्द्रीय विभाग र भातृ संगठनका प्रमुखहरु र ७७ वटै जिल्लाका अध्यक्षहरुको सहभागीता रहने श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार