radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

नेकपाको राजनीतिक प्रतिवेदन केही दिनमा टुङ्गयाइने

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन बारे दुई अध्यक्षले  ब्रिफिङ गर्नु भएको थियो  ।

राजनीतिक प्रतिवेदनमा टुङ्गयाउन बाँकी विषयलाई केही दिनमा टुङ्गयाइ प्रकाशित गर्ने जानकारी गराइएको थियो । साथै  संगठनात्मक एकता र कार्र्यिवभाजनका विषयमा निर्णय गर्न फेरि अध्यक्षद्वोय लाई जिम्मा दिने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्रीको युरोप भ्रमण र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम बारे सामान्य छलफल भएको एक सहभागीले बताउनुभयो ।

यस अघि जेठ २२ गते सचिवालयको बैठक बस्ने तय भएको भए पनि पछि स्थगित भएको थियो ।  शनिवारको बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहित सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल हुनुहुन्थ्यो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ आफ्नो गृहजिल्ला गोरखा जानु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार