radio icon

Live Radio

मोडेल “रामचन्द्र” ले अन्जलीको पोको फुकाइदिए

  • radionrn
  • प्रकाशित मिति : शनिबार, असार १४, २०७६


काठमाडौँ – लोक गायक रामकुमार कार्कीको नयाँ गीत ‘कोईली चरी’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । गायक कार्कीले आफ्नै युट्युव च्यानलमार्फत उक्त गितको भिडीयो सार्वजनिक गरिएको हो ।

मायाँ प्रेममा आधारित रमाइलो गीतमा गायक रामकुमार कार्की र गायिका कमला खड्काले स्वर भरेका छन् । सो गितको संगित संयोजन नवराज दाहाल गरेका हुन् ।

यस गितको भिडियोमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोराले धमाकेदार अभिनय गरेका छन् । डान्सिङ विट, अनि मायाँ प्रेममा आधारित रमाइलो गीतमा अन्जली र रामचन्द्रको अभिनय हेर्दा जो कोहीको मायाँ पलाएर आउँने छ ।

मोडल बोहोराले बिभिन्न म्युजिक भिडियोमार्फत आफ्नो अभिनय प्रस्तुत गर्दै आएका छन् । अहिले सुटिङको समय भएकाले फिल्डमै व्यस्त रहेको मोडल बोहोराले बताए ।

यस गितलाइ पनि दर्शक तथा श्रोता अत्याधिक रुचाइदिने गायक रामकुमारले आशा गरेछन् । उक्त गितको भिडियोलाई विक्रम चौहान निर्देषन गरेका हुन् भने, शितप्रकाश खड्काले छायांकन गरेका हुन् । भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार