radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

जलवायु परिवर्तनको असर कम गर्न जोड

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार १८, २०७६


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जलवायु परिवर्तनका प्रतिकूल असरको सामना गर्न अन्तर्रा्ष्ट्रिय सहकार्यलाई बढावा दिनुपर्ने बताउनुभएको छ ।

चीनको डालियान सहरमा आयोजित ‘जलवायु परिवर्तन ः भावी वित्तीय सङ्कट’ विषयक कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री ज्ञवालीले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम असरको न्यूनीकरणका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेपालले जलवायु परिवर्तनको असरका सम्बन्धमा सकारात्मक न्याय गरिरहेका विषय भने प्रवद्र्धनयोग्य रहेको मन्त्री ज्ञवालीले बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबारदेखि सुरु भएको विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकअन्तर्गत मन्त्री ज्ञवालीले विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्ग ब्रेन्डेसँग भेट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार