radio icon

Live Radio

अनुको तीज कोशेलीः “टिकटक”मा शंकरको साथ (भिडियो)

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार १९, २०७६


काठमाडौँ । नारीहरुको चाँड तिज आउन अझै केहि समय बाँकी भएपनि कलाकारहरुले तीज लक्षित गीतहरु सार्वजनिक गर्न थालेका छन् । कलाकारहरुका लागी तीजको रौनक लगभग सुरु भएको छ । यतिबेला कलाकारहरु बिभिन्न तीज गीत रेकर्ड तथा छायांकन गर्न व्यस्त छन् ।

नायिका तथा मोडल अनु पराजुलीकोे तिज गीत पनि सार्वजनिक भएको छ । कृश क्षेत्री, र पुर्णकला बिसीको आवाजमा रहेको “टिकटक” बोलको गीतमा अनुको अभिनय छ । अनुलाई बिभिन्न कलाकारहरुले साथ दिएका छन् ।

गीतमा अनु लगाएत चर्चित नृत्य निर्देशक शंकर बिसी, सुचित्रा घिमिरे, इन्दि गुरुङ्गले नृत्य गरेका छन् । कृश क्षेत्रीकै लय तथा शब्दमा रहेको गीतको भिडियो निर्देशन शंकर बिसीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार