radio icon

Live Radio

नेकपामा मनाङ्गेको इन्ट्री, पुर्व एमालेका लागि डरलाग्दो बिषय

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार १९, २०७६


दिनेश न्यौपाने, काठमाडौं । मनाङ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशका स्वतन्त्र सांसद् ‘दिपक मनाङ्गे’ भनिने राजीव गुरुङ नेकपामा प्रवेश गरेसंगै राजनैतिक बृतमा बिभिन्न टिकाटिप्पणीहरु हुन थालेका छन् । विशेषतः नेकपा भित्र बैचारिक राजनीति गर्ने नेताहरु पनि उनीहरु मनाङे जस्ता सांसदहरु नेकपामा प्रवेश गरेकामा खुशी देखिएका छैनन् । उनिहरुले बिभिन्न टिप्पणी गरेका छन् ।

कास्कीमा एक कार्यक्रमबीच गुरुङ आज नेकपामा प्रवेश गर्नुभयो । उहाँको यो प्रवेशसंगै पार्टीपद्धतिमाथीनै नेताहरुले बिभिन्न कोणबाट आपत्ति जनाउदै व्यङ्ग्य गरेका छन् । नेताहरुले मनाङ्गेको पार्टी प्रवेशलाई नौलो बिषय भने नभएको समेत प्रतिक्रिया दिएका छन् । नेताहरुले व्यक्ति बिरोध भन्दा पनि पाटी पद्धतिमाथी आशंका जनाएका छन् ।

पार्टीमा मान्छे ल्याउने तर प्रशिक्षित नगर्ने, रुपान्तरण नगर्ने उदेश्य, लक्ष र अनुसाशनलाई नसिकाउने प्रवृति रहेको भन्दै यि कुराहरुलाई ख्याल गर्न उनिहरुले आग्रह गरेका छन् । नेकपा नेता झपट रावलले पार्टीमा फरक बिचार भएका मान्छे ल्याउदा जस्तो ल्यायो त्यस्तै छोड्ने प्रवृति नभई रुपान्तरण गर्ने गरि पार्टी अगाडी बड्नुपर्ने बताउनु भयो ।

आपराधिक पृष्ठभूमिका राजीव गुरूङ अर्थात् दीपक मनाङ्गे नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेलगत्तै स्थायी कमिटी सदस्य योगेश भट्टराईले पनि आपत्ति जनाउनु भएको छ । भट्टराईले ट्विट गर्दै राजनीतिक पार्टीलाई मान्छे चाहिने तर कस्ता मान्छे ल्याउँदा परिणाम कस्तो आउँछ भन्नेबारे राम्ररी विचार गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

यसै सन्दर्भमा नेकपाका केन्द्रीय सदस्य एवम् प्रखर बक्ता तथा पूर्व अखिल (क्रान्तिकारी)का अध्यक्ष लेखनाथ न्यौपानेले सामाजिक सञ्जालमा पार्टीमा पहिल्यै अनगिन्ती मनाङेहरु भएको उल्लेख गर्दै एउटा अर्को मनाङे थपिएकोमा के को कोकोहोलो ? भन्दै ब्याङ्ग्य गरेका छन् ।

यता नेकपाकी नेतृ रामकुमारी झाँक्रीले पनि मनाङ्गेको प्रवेशलाई नेपालमा देखिएको राजनितीक, बैचारिक तथा नैतिक खडेरीको प्रकाष्टको रुपमा व्याख्या गर्नु भएको छ ।

पार्टीका संगठानिक संरचनाहरु कामयवि नभएको यस्तो बेलामा बिभिन्न गतिविधीमा संलग्न मान्छे पार्टी प्रवेश गरिसकेपछिपनि रुपान्त्रित नभइदिने र गैर राजनितीक तथा गैर बैचारिक र उपभोक्ता वादी बनाउने बाटो तर्फ रोलमोडल भएर निस्कीने उहाको आशंका छ ।

एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएपछि स्वतन्त्र उम्मेदवार बनेका गुरुङ मनाङको प्रदेश (ख) बाट प्रदेश सांसदमा चौध सय मत सहित निर्वाचित हुनु भएको थियो  जिल्लाबाट एमालेले सर्वसम्मत सिफारिस गरेपनि विरोध हुन थालेपछि केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डा लामालाई आधिकारिक उम्मेदवार बनाएको थियो ।

अन्ततः मनाङ्गेलाई आज नेकपाका गण्डकी प्रदेश इञ्चार्ज समेत रहनु भएका तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा प्रवेश गराएर स्वागत गर्नुभएको हो । गुरुङलाई पार्टीमा स्वागत गरेपछि मुख्यमन्त्रीले प्रदेशसभामा दुई तिहाइ पुगेकोमा उत्साहित भएको उल्लेख गर्नु भयो ।

मनाङ्गे केहि बर्ष अगाडीनै तत्कालिन नेकपा एमालेमा प्रवेश गर्ने कुरा पनि सार्वजनिक भएका थिए । तर त्यतिबेला उहा एमालेमा प्रवेश गर्नुभएको थिएन । आतंक र गुण्डागर्दीको छवि बनाएका मनाङे सत्तारुढ दल नेकपा प्रवेश गरेपछि नेपालको राजनीतिक बृत्तमा धेरै चर्चा परिचर्चा र टिकाटिप्पणीहरु हुन थालेका छन् । यसले एउटा बहशको विषय पनि सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार