radio icon

Live Radio

त्रिशूलीमा ट्रक खस्यो, दुई जनाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६


चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान पौने ६ वजे मुग्लिनबाट काठमाडौँ आउदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन । अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार