radio icon

Live Radio

ट्युनिसियामा आप्रवासीहरू चढेको डुंगा पल्टिँदा ८० जनाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २०, २०७६


एजेन्सी । ट्युनिसियाको समुद्री इलाकामा आप्रवासीहरू चढेको डुंगा पल्टिँदा ८० भन्दा बढीको मृत्यु भएको छ ।  संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले दुर्घटनामा बचेका मानिसलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो ।

भूमध्यसागर तरेर इटली जाँदै गरेको डुंगा दुर्घटनामा परेको हो । दुर्घटनामा बचेका तीनमध्ये दुईलाई शेल्टर होममा राखिएको छ । उनीहरूसँग सोधपुछ चलिरहेको छ ।

करिब एक सय जना मानिसहरू डुंगामा चढेर इटली जाँदै गर्दा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । हराईरहेकाहरुको खोजी कार्य अझै जारी रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार