radio icon

Live Radio

सुशील वनस्पति उद्योगमा आगलागी

  • radionrn
  • प्रकाशित मिति : शनिबार, असार २१, २०७६


पर्साको वीरगन्ज महानगरपालिका २१ लिपनीविर्ता्स्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ । आज बिहान ३ बजेबाट आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिनुभएको छ ।

आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र आयल निगम अमलेखगञ्जका दमकल प्रयोग गरिएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालित छन् । आगलागी कसरी भएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । आगो पूर्णरुपमा नियन्त्रणमा लिएपछि अनुसन्धान गर्ने डिएसपी शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार