radio icon

Live Radio

प्रधानमन्त्रीका सल्लाहकारद्धारा सरकारका आलोचकलाई “छौँडा”को संज्ञा

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार २२, २०७६


सरकारका आलोचकलाई प्रधानमन्त्रीका सल्लाहकारले छौँडाको संज्ञा दिनु भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्वीटर मार्फत आलोचकहरुलाई छौँडाको संज्ञा दिनु भएको हो ।

ट्वीटरमार्फत रिमालले लेख्नु भएको छ, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन्, यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’

सल्लाहकार रिमालले आलोचकहरुलाई स्वविबेकले आलोचना गरेका हुन् की कसैले परिचालन गरेको हो भन्ने आशंका र प्रश्न समेत गर्नुभएको छ । सरकारका हरेक निर्णयको चर्को आलोचना हुने गरेको र धेरै निर्णयबाट सरकार पछाडी हट्नु पर्ने अवस्था आइरहेका बेला प्रधानमन्त्रीका सल्लाहकार रिमाल आफ्ना आलोचकप्रति आक्रामक रुपमा प्रस्तुत हुनु भएको हो ।

पछिल्लो समयमा सरकारले आइफा अवार्डका लागि करोडौँ रुपैया दिन लागेको, भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण रोकेकोलगायतका विषयमा आफ्नै नेताहरुसहित अधिकांशले असन्तुष्टि जनाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार