radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

विश्वपकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार २२, २०७६


इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वपकप क्रिकेटको सेमिफाइनल सकिमरण पूरा भएको छ । गएराती सम्पन्न खेलहरुपछि समुह चरणका खेल सकिएका हुन् । अन्तिम दिन भारतले श्रीलंकालाई ७ विकेटले हराएको छ।

गएराती भएको अर्को खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि १० रनको जित निकाल्यो । हारसँगै अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा र्झयो । समुह चरणका सबै ९ खेल सकिंदा १५ अंकसहित भारत शिर्ष स्थानमा रहँदा १४ अंक जोडेको अष्ट्रेलिया दोस्रो भयो । अब सेमिफाइनलमा भारतले न्युजिल्याण्डको सामना गर्दा अष्ट्रेलियाले आयोजक इंग्ल्याण्डसँग खेल्नेछ । सेमिफाईनल खेलहरु मंगलवारदेखि हुनेछन् ।

नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबलको क्वाटरफाईनलमा

क्यामरुनलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । ईजिप्टमा गएराती भएको खेलमा नाईजेरियालाई विजयी गराउन ओडियोन ईघालोले दुई गोल गर्दा अलेक्स ईओबीले एक गोल थपका थिए ।

अफ्रिका कप फुटबलकै अर्को खेलमा आयोजक ईजिप्टलाई हराउँदै दक्षिण अफ्रिका पनि क्वाटरफाईनलमा प्रवेश गरेको छ । हारसँगै अफ्रिका कपको सर्वाधिक सफल टोली ईजिप्टको यो संस्करणको यात्रामा पूर्ण्विराम लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार