radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

फिफा महिला विश्वकपको उपाधि भिडन्त आज, अमेरिका र नेदरल्याण्ड्स भिड्दै

  • radionrn
  • प्रकाशित मिति : आइतवार, असार २२, २०७६


काठमाडौं । फिफा महिला विश्वकप फुटबलको फाइनल खेल आज (आईतबार) हुँदैछ । नेपाली समय अुनसार राति पौने ९ बजे अमेरिका र नेदरल्याण्ड्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

नेदरल्याण्ड्सले स्विडेन र अमेरिकाले इंग्ल्याण्डलाई पराजित गरेर फाइलनको यात्रा तय गरेका हुन् । सेमिफाइनलमा पराजित भएका स्विडेन र इंग्ल्याण्डले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेका थिए । जसमा इंग्ल्याण्ड तेस्रो भएको छ ।

सन १९९१ बाट सुरु भएको महिला विश्वपको यो आठौँ संस्करण हो । अहिलेसम्मका सातमध्ये ३ पटकको उपाधि अमेरिकाले उचालेको छ भने एक पटक उप विजेता भएको छ । समग्रमा अमेरिकाले पाँचौँ पटक फाइनल खेल्दैछ ।

२०१९ को विश्वकपमा भने अमेरिकाले नेदरल्याण्ड्स नयाँ प्रतिद्वन्द्वी पाएको हो । नेदरल्याण्ड्सको भने यो पहिलो फाइनल हो । महिला विश्वकपमा अमेरिकाले सर्वा्धिक तीन पटक उपाधि जित्दा जर्मनीले २ पटक उपाधि जितेको छ ।

जापान र नर्वेले एक(एक पटक उपाधि हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार