radio icon

Live Radio

नेविसंघले आज देशभरीबाट विषादीयुक्त फलफुल र तरकारी प्रधानमन्त्रीलाई पठाउने

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिधार्थी संघले आज विरोध स्वरुप प्रधानमन्त्रीलाई बिषादी तरकारी तथा फलफूल पठाउने कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल सरकारले भारतिय नाकाबाट आउने तरकारी तथा फलफूलको बिषादी परिक्षण स्थगन गर्ने कार्यको बिरोधमा नेविसंघले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

देशभरीका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई विषादीयुक्त तरकारी तथा फलफुल पठाउने कार्यक्रम रहेको नेविसंघका निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।

नेविसंघका सवै जिल्लाका कार्यकर्ताहरुले विहान ११ बजे संवन्धीत जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई एक एक केजी तरकारी र फलफुल हस्तान्तरण गर्ने पनि सुवेदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार