radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

नेपालले जित्यो एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि, हङकङ ६ विकेटले पराजित

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६


काठमाडौं । नेपालले एसीसी यु १९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।  मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि उचालेको हो ।

हङकङलाई हराउँदै उपाधि जितेको नेपाल यु १९ एसिया कपमा छनोट भएको छ । ९६ रनको लक्ष्य नेपालले १६ दशमलव १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो ।
उपाधि सहित एसिया कपमा छनोट भएको नेपालले टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार