radio icon

Live Radio

बिहानकोे मन्त्रीपरिषद् बैठक विना निष्कर्ष टुंगिएपछि बालुवाटारमा बेलुका पुनः बस्ने

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६


काठमाडौं । आज बिहानैदेखि बसेको मन्त्रिपरिषद बैठक बिना निष्कर्ष सकिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बसेको बैठक कुनै निर्णय नगरी बेलुका बालुवाटारमा बस्ने गरी सकिएको हो ।

बैठकमा सरकारका काम कारबाहीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बताउनुभयो । बैठकमा कृषिमन्त्री चक्रपाणी खनाल र वन मन्त्री शक्ति बस्नेत अनुपस्थित भएकाले बेलुका प्रधानमन्त्री निवास बालुवाटरमै बस्ने गरी बैठक टुंगिएको हो ।

आजको बैठक हरेकबर्षको अन्ततिर गरिने समिक्षात्मक बैठक भएको बताएको छ । सरकारले यसबर्ष ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना, ज्येष्ठ नागरिक स्वास्थ्य बिमाको प्रभावकारीता लगायत नयाँ योजनामाथि छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार