radio icon

Live Radio

गृहमन्त्रीले लोकतन्त्रका लागि गोली चलाएको भनेपछि संसद बैठकमा हंगामा, कांग्रेस र राजपाद्वारा निन्दा

  • radionrn
  • प्रकाशित मिति : मङ्लबार, असार २४, २०७६


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लोकतन्त्रको रक्षाका लागि सरकारले गोली चलाउनु परेको अभिव्यक्ति दिएपछि संसद बैठकमा हंगामा मच्चिएको छ । विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई लोकतन्त्रको रक्षा गर्ने क्रममै गोली चलाउनुपरेको अभिव्यक्ति दिएपछि विपक्षी सांसदहरुले संसद घेराउ गरेका हुन् ।

गृहमन्त्री थापाले कुमार पौडेलले चन्दा आतंक फैलाएको, नदिएमा ज्यान मार्नेसम्मका धम्की दिने गरेका कारण स्थानीय जनप्रतिनिधिकै आग्रहमा कारबाही भएको बताउनुभयो । उहाँले लोकतन्त्र विरोधी गतिबिधि रोकेर लोकतन्त्रको रक्षा गर्न आवश्यक कदम चाल्ने क्रममा सो घटना घटेको बताउनुभयो ।

गृहमन्त्री थापाले लोकतन्त्रको रक्षाका लागि गोलि चलाउनु परेको अभिव्यक्ति दिएपछि संसद बैठकमा कांग्रेस तथा राजपाका सांसदहरुले नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको यो अभिव्यक्ति घोर आपत्तिजनक रहेको बताए ।

कांग्रेस सांसद बालकृष्ण खाँणले लोकतन्त्रको रक्षाका लागि गोली चलाउनुपरेको गृहमन्त्री थापाको अभिव्यक्ति घोर आपत्तिजनक रहेको बताउँदै घटनाको यथार्त छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो । उहाँले सरकारले कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरिरहेपनि त्यो पत्याउनै नसकिने जिकिर गर्नुभयो ।

कांग्रेस तथा राजपाका सांसदहरुले कुमार पौडेल मृत्यु प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरे पनि सभामुख महराले त्यसबारे पछि निर्णय लिने बताउनुभयो । तर पनि संसदमा नाराबाजीको क्रम रोकिएन । आक्रोशित सांसदहरु रोष्टम घेर्न पुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक आज त्यसपछि बस्न सकेन ।

बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित भयो ।
प्रहरीले यसअघि पनि निहत्ता व्यक्तिहरुलाई पक्राउ गरी हत्या गरेर मुठभेडको नाम दिएका उदाहरणहरु धेरै छन् । त्यसैले प्रहरीले भन्ने गरेको मुठभेडको विषयमा सत्य तथ्य छानबिनका लागि गृहकार्य गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार