radio icon

Live Radio

अछाममा आफ्नै ठुलोवुवा र ससूराको हत्या

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६


धनराज साउद :- अछामको मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति दुई जनाको हत्या भएको छ।

स्थानीय पिरम कुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन्। उनले गयराति एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई चिर्पट प्रहार गरेका थिए।

मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त घटना घटेको हो। आक्रमण गर्ने क्रममा उनकै श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएकी छिन्।

गय राति घटना घटाएलगत्तै फरार भएका पिरमकुमारलाई नगरपालिकाको वडा नम्वर २ मिस्तुरुको खम्मबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। पिरम कुमार बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार