radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

प्रतिनिधि सभा र विभिन्न समितिहरुको बैठक बस्दै

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६


प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरुले नाराबाजीमा उत्रदै रोष्टम घेराउ गरेपछि हिजो स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेल मारिएको घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको र सो घटनाको छानबिनका लागि संसदीय समिति पनि गठन नरेको भन्दै विपक्षी सांसदहरु रोष्टम घेराउ गरेका थिए ।

हिजो स्थगित भएको बैठक आज दिउसो एक बजेपछि बस्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा विभिन्न विद्येयकहरु प्रस्तुत हुनुका साथै समसामयीक विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण पनि गराउने कार्यसूची बनाइएको छ ।

यसैबीच आजै प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज पनि बस्ने भएको छ । त्यसैगरी राष्ट्रिय सभा अन्तर्गतको बिधायन व्यवस्थापन समितिको बैठक पनि बोलाइएको समितिको कार्यालयले जनाएको छ ।

राज्य व्यवस्था समितिको बैठक विहान ११ बजेपछि र विधायन समितिको बैठक विहान ११ बजेपछि सिंहदरवारमा बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार