radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

विषादी परिक्षण नगर्ने निर्णय विरुद्ध आज पनि देशव्यापी प्रदर्शनको तयारी

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६


सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परिक्षण नगर्ने निर्णयका विरुद्धमा नेपाल विद्यार्थी संघले आज पनि विभिन्न विरोधका कार्यक्रमहरु गर्ने जनाएको छ ।

निर्णय सार्वजनिक भएको भोलीपल्ट देखिनै विरोधका कार्यक्रम गर्दै आइरहेको नेविसंघले आज देशभरी बिषाक्त तरकारी तथा फलफुल बहिष्कार गर्ने र पर्चा बितरण गर्ने जनाएको छ । देशभरीका सवै जिल्ला र सवै क्याम्पसहरुमा बिरोध कार्यक्रम गर्ने तय भएको निवर्तमान उपाध्यक्ष डिल्लीराम सुवेदीले जानकारी दिनुभयो ।

विरोधका कार्यक्रम अन्तर्गत काठमाडौको त्रि चन्द्र क्याम्पसका विद्यार्थीहरुले जनताको मत लिएर जनता मार्ने बिषादी खान बाध्य बनाउने सरकारका बिरुद्द उठौँ भन्दै विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

उनीहरुले दिउसो चार बजेपछि कार्यक्रम गर्ने तय भएको पनि जानकारी दिएका छन् । त्यसैगरी नेविसंघले आजै १ रुपैयाँ रकम संकलन कार्यक्रमको पनि आयोजना गरेको छ ।
दिउसो दुई बजेपछि काठमाडौको रत्नपार्क शान्तिबाटीकामा कार्यक्रम हुने नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार