radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

प्रहरी र नेत्र विक्रम चन्दका कार्यकर्ताबीच गोली हानाहान, दुई जनाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६


भोजपुर नगरपालिकाको हटियामा प्रहरी र प्रतिबन्धित नेत्र विक्रम चन्दका कार्यकर्ताबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ ।

बिहान साढे ८ बजेतिर भएको भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीर कुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको भोजपुर जिल्ला प्रशासन प्रमुख नुरहरी खतिवडाले जानकारी दिनुभयो । ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार