radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

साउन १ गतेबाट इन्टरनेटको शूल्क बृद्धि हुँदै

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६


काठमाडौं । आगामी साउन १ गतेदेखि इन्टरनेटको शूल्क बृद्धि हुने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले साउन १ गतेबाट इन्टरनेट सेवा प्रयोग गरेवापत लिँदै आएको शूल्क बढाउने निर्णय गरेका छन् ।

इन्टरनेट सेवा दिँदै आएका सेवा प्रदायकहरुको छाता संगठन इस्पानले नेपाल सरकारको निर्णय नुसार थप १३ प्रतिशत शूल्क बढ्ने जानकारी गराएको हो । इस्पानले सरकारले २०७६ का लागि ल्याएको आर्थिक विधेयकानुसार थप १३ प्रतिशत शुल्क बढ्ने जनाएको छ ।

तर, नेपाल टेलिकम भने इस्पानको सदस्य नभएको हुँदा इन्टरनेट सेवामा शूल्क बृद्धि हुने÷नहुने बारे कुनै निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार