radio icon

Live Radio

सभामुखले बोल्न नदिएपछि कांग्रेस र राजपाका सांसदले गरे संसदमै हंगामा

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६


काठमाडौं । संसदमा सभामुखले बोल्न समय नदिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)नेपालका सांसदहरुले नाराबाजी गरेका छन् ।

प्रतिनिधिसभाको आज (बुधबार)को बैठक सुरु भएलगत्तै सिटबाट उठेका कांग्रेस र राजपा सांसदलाई सभामुख कृष्णबहादुर महराले बोल्न समय दिनुभएको थिएन ।

सांसदहरुले आफ्नो कुरा हिजो( मंगलबार)नै राखिसकेको भन्दै उहाँले बोल्न समय उपलब्ध नगराउनुभएको हो । सभामुख महराले पटक पटक सांसदहरुलाई आशनग्रहण गर्न आग्रह गरेपनि कांग्रेस र राजपा सांसद उठिराखेपछि विरोधकाबीच उहाँले बैठक अगाडि बढाउनुभयो ।

लगत्तै कांग्रेस र राजपा सांसदहरु संसदको बेल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए । सांसदहरुको नाराबाजी नरोकिएपछि अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरीस्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार