radio icon

Live Radio

सर्वोच्चको अन्तरिम आदेशः विषादी परीक्षण रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्नु

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६


काठमाडौं । भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस सम्बन्धि दायर भएका तीन रिटमाथि आदेश गर्दै भन्सारमा परीक्षणको व्यवस्था मिलाउन सकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

विषादी चेकजाँच नगरी भारतीय तरकारी र फलफूल भित्रन दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा हिजो विभिन्न तीन वटा रिट निवेदन दायर भएका थिए ।

उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले फरक÷फरक रिट दर्ता गराएका थिए ।

भारतीय दबाब बढेपछि तरकारी तथा फलफूलमा मिसाइने विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछाडि हटेकोले उक्त निर्णय रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार