radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

इपिएस भाषा परीक्षा उत्तीर्णको सिप परीक्षण पहिलो पटक काठमाडौंमा, ७ हजार पनि कोरिया जान नपाउने

  • radionrn
  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६


काठमाडौं । रोजगारीका लागि भाषा परीक्षा पास गरेर दक्षिण कोरिया जाने तयारीमा रहेका परीक्षार्थीको काठमाडौंमै सिप परीक्षण हुने भएको छ । कोरिया आफैंले कोरियाली प्रविधिबाट सिप परीक्षण गराउने कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ ।

सिप परीक्षण आगामी भदौ ४ गतेदेखि १८ गतेसम्म हुन लागेको हो । सिप परीक्षण हुने स्थानका बारेमा भने पछि निर्णय गरिने इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताउनुभयो ।

सिप परीक्षणका लागी परीक्षार्थीले आसार २० गतेदेखि २९ गतेसम्म आवेदन फारम भरिसक्नु पर्नेछ । यस वर्षको कोरियाली भाषा परीक्षामा १२ हजार ९ जना कामदार उत्तीर्ण भएका छन्। उत्तीर्णमध्येबाट यो वर्ष ६ हजार ७ सय कामदारमात्रै छनोट गर्ने बताइएको छ ।

भाषा परीक्षा पास गरी सिप परीक्षणमा समेत छनोट भएका ६ हजार ७ सय कामदारबाट पनि सबै कामदारसमेत कोरिया जाने ग्यारेन्टी नभएको प्रवक्ता भण्डारीले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार