radio icon

Live Radio

आगलागीबाट रु ८० लाख बराबरको क्षति

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ ।

बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल किराना पसलसमेत जलेर नष्ट भएको छ ।

बिहान साँढे ४ बजे झापाको दमक र मोरङको सुन्दरहैचा नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार