radio icon

Live Radio

लाजिम्पाटमा कारको ठक्करबाट एक जनाको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


लाजिम्पाटमा कारको ठक्करबाट एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । गयराति सांग्रिला होटल अगाडि रातो रंगको कारले बा ९३ प २०५० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भिमबहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट घाइते भएका गुरुङको उपचारका क्रममा ट्रमा सेन्टरमा ज्यान गएको हो । दुर्घटनामा स्कुटरको पछाडि बसेका स्याङजाका सन्तोष घर्तीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ।  ठक्कर दिएपछि भागेको कारको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार