radio icon

Live Radio

Nepali Radio Network

Advertisment

SKIP THIS

देशभर भारी वर्षाको सम्भावना, हवाई र सडक यातायातमा अवरोध आउन सक्ने

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


आज र भोली देशभरका साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेको भन्दै पूर्वतयारी र प्रतिकार्यमा जुट्न सरकारले आह्वान गरेको छ ।

विशेषगरी तराई, र मध्य पहाडी क्षेत्रमा आगामी २४ घण्टाभित्र भारी वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनीसमेत दिइएको छ ।

नेपाल बाढी सूचनाले सचेत पार्दै ‘प्रदेश १, २, ३, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना, पूर्वतयारी र प्रतिकार्यमा जुट्न आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोली देशभर वर्षाको सम्भावना छ । आज राति केही स्थानमा ‘अति भारी’ वर्षा हुने पूर्वानुमान छ । आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा अवरोध आउने बताएका छन् ।

मौसमी बुलेटिनमा नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने र पहाडी क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले हाल देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ । आगामी २४ घण्टासम्म पनि मनसुन न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भूभागमा रहीरहने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार