radio icon

Live Radio

भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीको मृत्यु

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


काठमाडौं । भारतको बैंगलोरमा भवन भासिँदा एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । अन्य ७ जना घाइते छन् । बुधाबार राती २ बजे भवन भासिँदा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो ।

घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का रहेका छन् ।

पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो । भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको बताइएको छ । ज्यान गुमाउने अन्य दुईजना भारत बिहारका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार