radio icon

Live Radio

त्रिभुवन विश्वविद्यालयमा क्रान्तिकारीद्वारा तालाबन्दी

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागमा व्यापक भ्रषटाचार भएको भन्दै अखिल क्रान्तिकारी त्रिभुवन विश्वविद्यालय मानविकी विभागले विभिन्न पाँच ठाउँमा तालाबन्दी गरेको छ ।

क्रान्तिकारीका मानविकी विभाग संयोजक प्रदिप भट्टले विज्ञप्ती जारी गरि तालाबन्दी गरिएको जानकारी गराएका छन ।  भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन क्रान्तिकारीले माग गरेका छन । सो विभागमा सञ्चालित विभिन्न परियोजनामा व्यापक भ्रष्टाचार भएको भन्दै विभागले छानविन समिति गठन गरेको थियो । प्रतिवेदन अहिले अलपत्र परेको छ ।

भ्रष्टाचारीहरुलाई कारबाही गर्नुको साटो त्यसलाई आलटाल गर्न त्रिवि पदाधिकारी नै लागेकोले संगठनको मानविकी विभागले ताला लगाएको क्रान्तिकारीका त्रिवि समिति उपाध्यक्ष कमलचन्द्र नेपालीले बताउनुभयो ।

लापरबाही रुपमा प्रोजेक्ट चलाउने, अध्ययनबाट आएको निष्कर्ष सिधै विदेश पठाएर नेपाली समाजलाई एउटा प्रयोगशाला मात्र बनाउने काम राष्ट्रको हित विपरित भएको उहाँको भनाई छ । त्रिविमा पछिल्लो समय बाहिरिरहेका घटनाक्रमले विश्वविद्यालय निकै अस्तव्यस्त अवस्थामा रहेको कुरा बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार