radio icon

Live Radio

भोजपुर घटनाः प्रहरी प्रतिरोधका क्रममा निरकुमारको मृत्यु भएको विप्लवको दावी

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले भोजपुर गोलीकाण्डबारे धारणा सार्वजनिक गरेको छ ।

सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट विहीबार जारी विज्ञप्तिमा प्रहरी सञ्जिव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा आफ्ना कार्यकर्ता निरकुमार राई प्रशान्तको मृत्यु भएको दाबी गरिएको छ ।

भोजपुर सदरमुकाम हटिया लाइनमा बुधबार बिहान दुईतर्फि भिडन्त हुँदा निरकुमारसहित प्रहरी जवान सञ्जिव पनि मारिएका थिए ।

विप्लव समुहका समगरमाथा ब्युरो सदस्य तथा ओखलढुंगाका सेक्रेटरी निरकुमारको परिवारसँग भेटघाट गरेर फर्किने क्रममा प्रहरीसँग जम्काभेट भएको थियो ।

विज्ञप्ति हेर्नुस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार