radio icon

Live Radio

विषादी परिक्षण नगर्ने निर्णय विरुद्ध नेविसंघको मसाल जुलुश, दर्जन बढी विद्यार्थी पक्राउ

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


काठमाडौँ । भारतबाट ल्याउने तरकारी तथा फलफुलमा विषादी परिक्षण नगर्ने सरकारको निर्णयका विरुद्धमा प्रदर्शन गर्दा आज काठमाडौमा दर्जन भन्दा बढी विद्यार्थी पक्राउ परेका छन् ।

नेपाल विद्यार्थी संघको काठमाडौका विभिन्न ठाउँमा आज बेलुका मसाल जुलुशसहित प्रदर्शन भएको थियो । काठमाडौको मिन भवन क्षेत्रमा भएको प्रदर्शनबाट नेविसंघ पुर्व केन्द्रीय सदस्य युवराज पाण्डेसहितका आधा दर्जन विद्यार्थी नेताहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्य विद्यार्थी नेताहरुमा मिन भवनका नेविसंघका इकाई अध्यक्ष विष्णु खड्का, उपाध्यक्ष नवराज थापा, कोटेश्वर बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति महेन्द्र भट्टराई, नेविसंघ इकाई सभापति दिनेश कार्की र सहसचिव चन्द्रदेव खनाल रहेका छन् ।

त्यसैगरी नेबिसंघको मसाल जुलुसमा बाइपासबाट बालाजु चोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । बालाजुबाट संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, बिद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदिप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदिप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी, अनिल महर्जन्लगायत पक्राउ परेका हुन् ।

विषादी परिक्षण नगर्ने निर्णयका विरुद्धमा नेविसंघले लगातार देशव्यापी आन्दोलन गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार