radio icon

Live Radio

दुतावासको पत्र बारे आफुलाई अनविज्ञ राखिएको भन्दै प्रधानमन्त्रीद्धारा क्षमा याचना, विश्लेषक भन्छन्, झुक्किनु अयोग्यताको द्योतक

  • radionrn
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


दिनेश न्यौपाने, काठमाडौं । नाकामा तरकारी र फलफूलको विषादी परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे समयमै जानकारी नपाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नु परेको छ ।

सिमा नाकाबाट आयात हुने तरकारी तथा फलफुलहरुको बिषादी परिक्षण गर्ने नियर्णबाट सरकार पछि हट्दा उत्पन्न भएको बहसले प्रधानमन्त्रीलाईनै माफि माग्न बाध्य बनायो । प्रधानमन्त्री ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताउदै भारतको पत्र गोप्य राख्दा आफू लज्जित समेत हुनुपर्ने अवस्था आएको भन्दै क्षमा माग्नु भयो ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘भारतबाट पात्र आएको भएपनि आफुले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेको भन्दै ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र आफुलाई जानकारी नदिनुले लज्जित हुनुपरेको बताउनु भयो ।

सरकारले असार २ गते राजपत्रमा प्रकाशित गरेर भन्सार विन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गर्यो । सरकारको यस्तो निर्णयले भारतीय व्यवसायीलाई अप्ठ्यारो परेपछि असार १४ मा नेपालस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठायो । भारतीय दूतावासको दबाबपछि असार १८ गते परीक्षण गर्ने निर्णयबाट सरकार पछि पनि हट्यो ।

यस बिषयले सडक देखि सदनसम्म ततायो । प्रतिपक्षदेखि सत्तापक्षकै नेताहरुले सरकारी निर्णयको बिरोध गर्न थालेपछि सरकारले भारतबाट पत्र नआएको अड्डी कस्यो ।यस बिषयमा सम्वन्धीत मन्त्रीहरुले एक–अर्कालाई दोषारोपण गरे ।

प्रधानमन्त्री मात्र होईन मन्त्रीहरुले पनि आफुहरुलाई झुक्याइएको लाचार जवाफ संसदमा दिए । उद्योग बाणिज्य तथा आपुर्तीमन्त्री मातृका यादवको जवाफले मन्त्रीहरुको हैसियत झल्काउछ ।

अर्का मन्त्री कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनालको जवाफ पनि उस्तै गैरजिम्मेबार छ । विषादी परीक्षणका सन्दर्भमा भारतीय दूतावाले पठाएको पत्रको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने भन्दै खनालले आफु चोखिलो बन्ने जवाफ दिनुभयो ।

बिभागीय मन्त्री र सचिवहरुका बीचमा समन्वय नहुनु तथा स्वयम मन्त्रीहरुको प्रधानमन्त्रीसंग नै समन्वय नहुनु आश्चर्यजन बिषय भएको भन्दै सर्वत्र आलोचना भएको छ । राजनीतिक बिश्लेषक पुरन्जन आचार्य पत्रका बिषयमा आफुलाई थाहा नभएको भन्दै क्षमा माग्नु प्रधानमन्त्रीको चरम असक्षमताको अभिव्यक्ती भएको टिप्पणी गर्नुहुन्छ ।

बर्तमान सरकार आफैले गरेका कतिपय निर्णयहरुमा पछि हट्दै गएपछि सरकारका पक्षपोषकहरु पनि मौन बस्न बाध्य भएका छन् ।
सरकारी तवरबाट हुने हरेक निर्णयहरु र त्यसमाथी सत्तासिनहरुबाट आउने अभिव्यक्तीले पक्षपोषकहरु पनि बचाउ गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
जनतामा त दिन प्रतिदिन बिश्वास गुम्दै गएको छ । प्रधानमन्त्री स्वयमलाई जानकारी नहुने गरि मन्त्रीपरिषद्मा काम हुनु र मन्त्रीहरुलाई सचिवहरुले धोका दिए भन्नुले सरकार कति अस्तव्यस्त र अपरिपक्व तरिकाले चालिरहेको छ भन्ने प्रष्टै भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार