radio icon

Live Radio

प्रचण्डको सचिवालयले भन्योः भारतीय पूर्व राजदूतसँग गोप्य भेटवार्ता भएको छैन

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं । नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरणसँग गोप्य भेट गरेको चर्चा चलिरहेका बेला उहाँको सचिवालयले यसबारे स्पष्ट पारेको छ । अध्यक्ष दाहालका स्वकीय सचिव गंगा दाहालले भारतीय पुर्वराजदुतसँग कुनै गोप्य वार्ता नभएको स्पष्ट पार्नुभएको छ ।

यस्ता प्रकारको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले प्रचण्डका कुनै पनि कूटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय नभएको बरु पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसंगको समन्वयमै भइरहेका दावी गर्नुभएको छ ।

कुनै भारतीय व्यक्ति वा निकायसँग त्यस प्रकारको गोप्य भेट नभएको भन्दै त्यससँग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराशययुक्त रहेको अधयक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार