radio icon

Live Radio

विमान चिप्लिएपछि उडान र अवतरणमा अवरुद्ध

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान चिप्लिएको छ । विमान चिप्लिँदा तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

६६ जना यात्रु बोकेर नेपालगन्जबाट काठमाडौं आएको यति एयरको ७२ एटीआर जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड प्रमुख एसएसपी सन्दीप भण्डारीले जानकारी दिए ।

‘विमान चिप्लिँदा तीन जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेको अवस्था सामान्य छ,’ एसएसपी भण्डारीले भने । विमान चिप्लिएपछि अहिले उडान र अवतरण अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार