radio icon

Live Radio

पहिरोका कारण काभ्रेको बनेपामा घर पुरिँदा दुई जनाको मृत्यु, दुई जना घाइते

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं – लगातारको वर्षासँगै आएको पहिरोले काभ्रेको बनेपा नगरपालिका–३ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पहिरोले स्थानीय रामप्रसाद दंगालको घर पुरिएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा परी रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको हो ।

पहिरोमा परी बुहारी सुशीला र अर्की नातिनी अनुष्का घाइते भएका छन् । उनीहरुको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार