radio icon

Live Radio

मलेखुबाट २२० किलो गाँजासहित एक जना पक्राउ

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


असार  – धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ डुडेठाटी मलेखुबाट २२० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका १ का ४१ वर्षीय डिलबहादुर तामाङ छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले उनलाई बिहीबार बिहान राति साढे २ बजे मलेखुबाट समातेको हो ।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुग्दा उनी ८ बोरा गाँजासहित फेला परेका थिए । उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही थालिएको गजुरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार