radio icon

Live Radio

महानायक राजेश हमाल च्यारिटी ‘सो’ का लागि अष्ट्रेलिया भ्रमणमा

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं – महानायक राजेश हमाल यतिबेला च्यारिटी कार्यक्रमका लागि अष्ट्रेलिया भ्रमणमा छन । उनिसंगै कार्यक्रमको यात्रामा जोडीएका छन, हांस्य कबि शैलेन्द्र सिंखडा,गायिका मेनुका पौडेल र एन्जिला रेग्मी रहेका छन् ।

अष्ट्रेलियाको तासमानियाबाट शुरू भएको यो सपोर्ट फर सेल्टर च्यारिटी इभेन्ट अब सिड्नी आइपुग्ने भएको छ । कलाकारहरूको अष्ट्रेलिया यात्राको चांजो पांजो मिलाएको तास इभेन्ट कर्पोरेशनका छत्र थापाले कार्यक्रम निकै राम्रो भएको र अष्ट्रेलियामा रहनु भएका सम्पूर्ण  नेपालीहरूले साथ दिएको  बताए  ।

जुलाई १२ तारेखका दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फंसन सेन्टरमा आयोजना हुने कार्यक्रमको सिड्नी आयोजना भने एस हयूमानिटीले गरेको हो । एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस भिसा पार्टनर रहेको यो कार्यक्रमको सिड्नी आयोजक ‘एस हयूमानिटीका ओमकृण्ण श्रेष्ठ र रोशन भट्टराईले सामाजिक कार्यका लागि आयोजना गरिएको जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार