radio icon

Live Radio

सिड्नी जान उडेको विमान आकाशमा हल्लिँदा ३५ जना घाइते

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


भ्यान्कुभर – क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नी जान उडेको एउटा विमान आकाशमा नै हल्लिँदा ३५ जना यात्रु घाइते भएका छन् । सो विमान सफा आकाशमा अचानक सघन टर्बुलेन्समा परेपछि विमान हल्लिन पुगेको बताइएको छ ।

टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य कारण उडिरहेको विमान हल्लिने हुन्छ । सो विमानमा २ सय ८४ जना सवार थिए। टर्बुलेन्समा परेपछि सो विमान अमेरिकाको हवाई राज्यस्थित होनोलुलु विमानस्थलमा वातावरण गराइएको थियो । अवतरणपश्चात् स्वास्थ्य अधिकारीहरूले यात्रुको जाँच गरेका थिए ।

विमानसेवाले जनाएअनुसार हवाई टापुभन्दा दुई घण्टा पर पुगिसकेको सो विमानले अचानक सफा आकाशमै बेतोडको टर्बुलेन्स बेहोरेको थियो । उसले होनोलुलुमा होटलको बन्दोबस्त गरिरहेको र यात्रुलाई अस्ट्रेलिया लैजान नयाँ उडानको पनि व्यवस्था गरिरहेको जनाएको छ ।

विमान टर्बुलेन्समा परेपछि यात्रुहरुको टाउको सिटमाथि ठोक्किन पुगेको थियो । केही मानिस जसले सिटबेल्ट बाँधेका थिएनन्, उनीहरू त एक्कासि उडेको जस्तो भए र तिनको टाउको माथि ठोकिए । निकै डरलाग्दो थियो,’ एक यात्रुले भने ।

विभिन्न वेगमा बगिरहेका हावाको जम्काभेट हुँदा यस्तो स्थिति पैदा हुने बताइएको छ । जसलाई नांगाे आँखा वा परम्परागत रेडारले समेत पत्ता लगाउन सकिँदैन । विमानचालकले सोही स्थानबाट उडेका अन्य विमानले एअर ट्राफिक कन्ट्रोललाई दिएका जानकारीका आधारमा मात्र यस्तो अवस्था उत्पन्न भएको स्थान पत्ता लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार