radio icon

Live Radio

गायिका तथा संचारकर्मी सिर्जना थापाको तीजको दोश्रो गित सार्वजनिक

  • radionrn
  • प्रकाशित मिति : शुक्रबार, असार २७, २०७६


काठमाडौं – गायिका तथा पुर्व संचारकर्मी सिर्जना थापाको तीजको दोश्रो गित “ केल्ले मलाई सुहायो” बजारमा सार्वजनिक भएको छ । आफ्ना सिर्जनामा मौलिकता प्रश्तुत गर्ने क्रममा अघिल्लो वर्ष उनको तीजगीत “माइतीको आँगनी” लाई सर्बत्र रुचाइएको थियो ।

“पिंढी राम्रो जाँतोले, घरको शोभा ढिंकीले केल्ले मलाई सुहायो रातो टिकीले” उनका सिर्जनामा मौलिकता भेट्न सकिन्छ । यस पटकको गीतबाट अघिल्लो वर्षभन्दा धेरै आशावादी रहेको  थापाले बताइन ।

तीजका गीतहरुमा जति आधुनिकता भित्रिएपनि मौलिकतालाई रुचाउने दर्शक श्रोता पनि रहेको उनको विश्वाश छ ।“बारी राम्रो तोरीले घर उजेलो छोरीले केल्ले मलाई सुहायो फुर्के डोरीले”महिलाले गर्ने शृंगारका  शब्द उनले गीतमा  प्व्यरस्क्ततुत गरेकी छन् ।

  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार